खेलकुद

एएफसी यू–२३ एसियन कप  : पहिलो हाफमा नेपाल र इरानको बराबरी

By खबरहब

October 25, 2021

काठमाडौँ-  एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ ।

ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ ।

पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो ।

नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी दिएका थिए । प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्ने जिम्मा दिएका छन् ।

यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेका छन् । मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् ।

यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले छन् ।