समाचार

प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आन्दोलन थाल्ने डा.केसीको चेतावनी

By खबरहब

October 25, 2021

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएर नैतिकताबाट ‘च्यूत’ भएको आरोप लगाउँदै केसीले उनको राजीनामा मागेका छन्।

सोमबार एक वक्तव्य जारी गर्दै केसीले डा केसीले न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने नभए अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने डा.केसीको चेतावनी छ ।