अन्तर्राष्ट्रिय

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

By खबरहब

October 25, 2021

एजेन्सी- साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।

सो बमबारीमा भएको क्षतिको बारेमा भने केही बताइएको छैन । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा विद्रोहीविद्धमा कारबाही गर्दै आएको अधिकारीहरुले बताएका छन् ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन् ।

उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए ।