फाइल फोटो

समाचार

अवरुद्ध केआइसिंह राजमार्ग पूर्णरूपमा सञ्चालन

By खबरहब

October 25, 2021

डडेल्धुरा- गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ ।

राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो ।  डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो ।

राजमार्ग अस्थायीरुपमा खुलेको हो । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छाडिएको उनले बताए ।