समाचार

प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण

By खबरहब

October 25, 2021

विराटनगर- पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नौ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १० तथा खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेशमा पछिल्लो समय २० महिलासहित ४३ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट सो अवधिमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।