जोक्स

चुट्किला : युवती र डाक्टर

By खबरहब

November 25, 2021

एक जना युवती शरीर दुख्यो भनेर डाक्टर कहाँ पुगिन् ।

युवतीले जवाफ दिइन् – शरीरको जुनसुकै ठाउँमा पनि दुख्छ, डाक्टर साहेब

डाक्टरले भने – शरीरका सबै ठाउँमा दुख्छ रे ? मैले तपाईंको कुरा बुझिन नि ?

युवतीले औँलाले आफ्नो खुट्टामा छोएर भनिन्- डाक्टर साहेब यहाँ दुख्छ । त्यसपछि गालामा छोएर फेरि कराइन् । डाक्टर साहेब, यहाँ पनि दुख्छ । अनि कान समाएर भनिन्— यहाँ पनि दुख्छ, मेरो उपचार छिटो गर्नुस्, नत्र म मर्ने नै भएँ ।

त्यसपछि डाक्टरले ध्यानपूर्वक उनको परीक्षण गरे र भने— तपाईंको औँला भाँचिएको रहेछ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट