जोक्स

चुट्किला : साइकल यात्री र चोर

By खबरहब

November 25, 2021

एक दिन एक साइकल यात्री साइकल बाहिर राखेर चिया पिउन होटेलमा पसेछ । चिया पिएर बाहिर आउँदा उसको साइकल त्यहाँबाट चोरी भएछ ।

साइकल चोरी भएको थाहा पाएपछि ऊ धम्की दिँदै कराउन थालेछ— म फेरि चिया पिउन भित्र जाँदै छु । त्यति बेलासम्म जसले मेरो साइकल चोरेको हो, तुरुन्त ल्याऊ, होइन भने २०६३ सालमा यहाँ जे भएको थियो, त्यही घटना दोहोरिने छ ।

चिया पिएर बाहिर आउँदा उसको साइकल त्यही भेट्छ । जान लाग्दा त्यही साइकल चोरले सोधेछ— होइन बाबु, यहाँ २०६३ सालमा के घटना घटेको थियो र ?

साइकल यात्रीको जवाफ : के हुने नि, टन्टलापुर घाममा यहाँबाट म हिँडेर घर जानुपरेको थियो ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट