राजनीति

एमाले महाधिवेशन : महासचिवबाहेकका पदमा उम्मेदवारी नदिने पाण्डेको घोषणा

By खबरहब

November 25, 2021

चितवन- नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् ।

१०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजकसमेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।

महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबार शुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।