राजनीति

एमाले महाधिवेशन : भाजपाका डा‍. हर्षवर्धन र हरिश द्विवेदी सहभागी हुने

By खबरहब

November 25, 2021

काठमाडौँ- नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा. हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । सो महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरेको छ ।