देश/प्रदेश

कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी

By खबरहब

November 25, 2021

कपिलवस्तु– रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् ।

क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । खाँले २० मतको अन्तरले टेक बहादुर शाहीलाई पराजित गरेका हुन् । उपाध्यायले हरि प्रसाद पोख्रेललाई २३ मतको अन्तरले पराजित गरेका छन् ।

क्षेत्र नम्बर ३ मा उपाध्यायको प्यानल नै विजयी भएको छ । यसै गरी विवादका कारण रोकिएको क्षेत्र नम्बर २ को मतगणना दिउँसो २ बजेपछि सुरु भएको छ ।

यसैगरी जिल्ला सभापतिका दाबेदारी गरेका तीन जना महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका हरि राज घिमिरे, लोक नाथ शर्मा र सोहरत तेली पराजित भएका छन् ।