राजनीति

राप्रपाको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु पारित

By खबरहब

November 25, 2021

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजहरु बिहीबार कार्यसम्पादन समितिको बैठकले पारित गरेको छ ।

त्रय अध्यक्षहरुको उपस्थितिमा भएको केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बसेको बैठकले अध्यक्ष पशुपति शमशेर राणाले प्रस्तुत गर्ने सामाजिक कार्यपत्र, अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने राजनीतिक कार्यपत्र र अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गर्ने आर्थिक कार्यपत्र परिमार्जनसहित पारित गरेको हो ।

बैठकले विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाले प्रस्तुत गरेको सुझाव पनि परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण र निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचनसम्बन्धी कामबारे ब्रिफिङ गरेको केन्द्रीय सचिवालयका प्रमुखहरु भास्कर भद्रा र धु्रवबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।