प्रलोभनमा पारेर बालिकामाथि ४ महिनासम्म बलात्कार

By खबरहब

November 25, 2021

वीरगञ्ज– पर्सा प्रहरीले बालिका जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पीडित १५ वर्षीय वालिकालाई विवाह गर्ने, सहर लगी घुमाउने, सिनेमा देखाउने तथा राम्रा लुगा कपडाहरू खरिद गरदिने जस्ता प्रलोभन देखाई गत जेठ १० गतेबाट असोज ६ गतेसम्म बलात्कार गरेको आरोपमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं १ पिडारीगुठी बस्ने वर्ष २१ का अब्दुल कादिर अन्सारीलाई पक्राउ गरेको हो ।

ती बालिका गर्भवतीसमेत भएको प्रहरीले जनाएको छ । अन्सारीलाई ७ दिन प्रहरीको हिरासतमा राख्न जिल्ला अदालत पर्साले अनुमतिसमेत दिएको छ । प्रहरीले जबरजस्ती करणी कसूरमा अनुसन्धान गरिरहेको छ ।