फाइल तस्वीर

प्रेरक

परोपकारी गोल्डस्मिथलाई गरिबीको चिन्ता : प्रेरक प्रसङ्ग

By खबरहब

December 25, 2021

इङ्ग्ल्याण्डका प्रसिद्ध कवि ओलिभर गोल्डस्मिथ बडो सहृदयी र उपकारी पुरुष थिए । उनलाई चिकित्साशास्त्रको बारेमा पनि ज्ञान थियो र गरिबलाई सित्तैमा औषधी दिएर सेवा गर्थे ।

गोल्डस्मिथले त्यो रोगीको परीक्षण गरेर थाहा पाए कि ऊ सिर्फ गरिबीको चिन्ताले कमजोर हुँदै गइरहेको छ ।

गोल्डस्मिथले त्यो रोगीको पत्नीसँग भने, मेरो घरमा आऊ म तिमीलाई यस्तो औषधी दिन्छु, जसले तिम्रो पतिको स्वास्थ्य धेरै छिटो ठिक हुनेछ ।

घर गएर कविले उनलाई एउटा सानो बाकस सजाएर दिए र भने, घरमा गएर आवश्यकता परेमा मात्र यो बाकस खोल्नु ।

घरमा गएर जब महिलाले बाकस खोलिन् तब त्यहाँ सुनका १० ससाना बाकसहरू सजाएर राखिएको थियो । यस्ता थिए परोपकारी गोल्डस्मिथ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट