नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल । फाइल तस्बिर

अन्तर्राष्ट्रिय

सतप्रतिशत दिल्लीबासीले कोरोना खोप लगाए : मुख्यमन्त्री केजरीवाल

By खबरहब

December 25, 2021

काठमाडौँ – भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिडविरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले दाबी गरेका छन् ।

शुक्रबार ट्वीटरमार्फत् खोप कार्यक्रमबारे जानकारी गराउँदै मुख्यमन्त्री केजरीवालले दिल्लीले कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा खोप लगाइसकेको भन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे ।

दैनिक एक करोड ४८ लाख ३३ हजार व्यक्तिले देशभरबाट कोभिडविरूद्धको खोप लगाउने गरेका उनले बताए ।