g]kfnL sf+u|];sf] !$ cf}+ dxflwj]zgjf6 s]lGb|o ;b:odf ljhoL ePsf g]kfnL sfu|];sf ;efklt z]/jxfb'/ b]pjfnfO{ k|df0fkq ljt/0f ub}{ dxflwj]zg lgjf{rg s]lGb|o ;ldltsf ;+of]hs uf]kfn s[i0f l3ld/] . tl:j/ M k|bLk/fh jGt,/f;;

राजनीति

सबैलाई समेटर पार्टी अघि बढाउँछु : सभापति देउवा (भिडियोसहित)

By खबरहब

December 25, 2021

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र दिएपछि सभापति देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर  पार्टी चलाउँछु’, देउवाले भने ।

कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै उनले तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित, मुस्लि, थारुलगायत सबैलाई नेतृत्वमा अवसर दिइएको प्रष्ट पारे ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।