फाइल फोटो

राजनीति

मैले हारे पनि मेरो एजेण्डाले जित्यो : डा. कोइराला

By खबरहब

December 25, 2021

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँमा महाधिवेशनमा आफूले लिएको परिवर्तनको एजेण्डाले जितेको बताएका छन् । उनले सभापतिमा आफू पराजित भए पनि आफ्नो एजेण्डाले जितको टिप्पणी गरे ।

शनिबार काठमाडौँमा कोइराला सेवा समाजको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले आफूले पुस्तान्तरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा होमिएको भन्दै रुपान्तरणको एजेण्डा अनुमोदन भएको उल्लेख गरे ।

उनले निर्वाचनमा हार जित स्वभाविक भएको भन्दै त्यसलाई आफूले स्वीकार गरेको बताए। तर, हारबाट पनि केही सिकिने भन्दै आफ्नो लागि सिकाइ भएको बताए। डा. कोइराला शेरबहादुर देउवासँग पार्टीको सभापतिमा पराजित भएका थिए ।