रोचक/विचित्र संसार

श्रीमानसँग सम्बन्धविच्छेद गरेर सौतेनी छोरासँग विहे !

By खबरहब

January 26, 2021

काठमाडौँ– अहिले एउटा समाचार सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एक रुसी महिलाले आफ्ना श्रीमानलाई डिभोर्स दिएर आफ्नै सौतेनी छोरासँग विवाह गरेकी छन् । यो घटना रुसको मस्कोको हो । महिला रुसी ब्लगर हुन् । उनको नाम मरीना बलमशेबा रहेको छ ।

उनले गत वर्ष श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर आफ्ना सौतेनी छोरा भ्लादिमिर शेवरनसँग विवाह गरेकी हुन् ।

३५ वर्षीया मरीना बलमशेवाले श्रीमान एलेक्सी ऐरेसँग २००७ मा विवाह गरेकी थिइन् । उनका यसअघि नै उनका ४ जना सौतेनी छोराछोरीलाई काख लिएकी थिइन् ।- ऐजेन्सीको सहयोगमा