खेलकुद

सिटीले जित्यो काराबाओ कपको उपाधि

By खबरहब

April 26, 2021

काठमाडौँ- म्यानचेस्टर सिटीले लगातार चौथो पटक काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।

वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले लगातार चौथो पटक उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले ८२औँ मिनेटमा निर्णायक गोल गरे ।

योसमेत गरी सिटीको काराबाओ कपको उपाधि आठौं पटक हो ।