रोचक/विचित्र संसार

चर्चामा पानवालाको पान खुवाउने स्टाइल

By खबरहब

May 26, 2021

केही व्यक्तिको स्टाइल र काम गर्ने तरिका यति फरक हुन्छ कि यसले सहजै अरुको मन जित्न सक्छ । यस्तै केही स्टाइलहरु सामाजिक सञ्जालमा चर्चामा आउने गरेका छन् । जसमध्ये एक बनेको छ, भारत कानपुरका व्यापारीको स्टाइल ।

भारत महाराष्ट्रको नागपुर जिल्लाको कानपुरका एक पानवाला अनौठो तरिकाले पान ख्वाउने कलाकै कारण चर्चित बने । उनी पसलमा आउने ग्राहकलाई रजनीकान्त स्टाइलमा चश्मा लगाएर पान बनाउँछन् र आफ्नै हातले ग्राहकलाई पान ख्वाउँछन् । पानपछि उनी ग्राहकको मुखमा स्प्रेबाट पानी छर्किन्छन् ।

पानी छर्किने मात्र होइन, उनी त्यसक्रममा ग्राहकलाई राम्रो जीवनको शुभकामना पनि दिन्छन् । नागपुरमा मामू पानवालाको नामबाट चर्चित यि पानवालाको भिडियोमा धेरैले रमाइलो मानेको प्रतिक्रिया दिएका छन् ।