आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

July 26, 2021

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थीर छ । चाँदी आज तोलामा १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।