zj Joj:yfkgdf ;}lgs dlxnf sf7df8f}F, ! k'; M sf]le8­!( sf] ;ªqmldt JolQmsf] d[To'kl5 kz'kltl:yt zjbfx u[xdf zj Joj:yfkg ug]{ qmddf g]kfnL ;]gfsf] uf]/vsfnL u'Ndsf dlxnf . tl:a/ ;f}hGo M g]kfnL ;]gf÷ /f;;

समाचार

थप २५ कोरोना संक्रमितको मृत्यु

By खबरहब

July 26, 2021

काठमाडौँ– नेपालमा फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।