अन्तर्राष्ट्रिय

तालिबानले कुटे पत्रकार

By खबरहब

August 26, 2021

काबुल– अफगानिस्तानमा तालिबानले दुईजना पत्रकारमाथि कुटपिट गरेका छन् । अफगान निजी टेलिभिजन च्यानल टोलो न्युजका दुईजना पत्रकारलाई तालिबानले बन्दुकले पिटेका हुन् । टोलो न्युजले ट्वीट गर्दै आफ्ना दुईजना पत्रकार कुटिएको जनाएको छ ।

TOLOnews Reporter, Cameraman Beaten by Taliban#Afghanistan https://t.co/7R2Ky5uGAA pic.twitter.com/TrS3ITrqnv

— TOLOnews (@TOLOnews) August 26, 2021

पत्रकार जैर याद र बीस मजीदी अफगानिस्तानको राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार मजदुरहरुको भिडियो बनाइरहेका बेला तालिबानले उनीहरुमाथि कुटपिट गरेको बीबीसीले जनाएको छ ।

पत्रकार जैर यादले आफूहरुले पत्रकार परिचय पत्र देखाउँदा पनि थप्पड हानेको बन्दुकले पिटेको बताएका छन् । उनले तालिबानले आफूहरुको मोबाइलसमेत लिएको बताए । (एजेन्सी) ।