अन्तर्राष्ट्रिय

भारतमा थप २८ हजारमा संक्रमण, सक्रिय संक्रमित ३ लाख ९ हजार

By खबरहब

September 26, 2021

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा २८ हजार १४९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख ५१ हजार २२१ पुगेको छ ।

भाइरसको संक्रमण कम हुँदै गएको भारतमा सक्रिय संक्रमितको संख्या पनि घट्न थालेको छ ।

संक्रमणमुक्त हुँदै जानेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या घटेको हो । वर्ल्डो मिटर्सका अनुसार आइतबार बिहानसम्म भारतमा ३ लाख ९ हजार ५११ जना सक्रिय संक्रमित छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणपछि त्यहाँ मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २५८ संक्रमितको मृत्यु भएको छ ।