क्रिकेट

ईपीएल : विराटनगरले चितवनलाई दियो १५२ रनको लक्ष्य

By खबरहब

September 26, 2021

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्सले चितवन टाइगर्सलाई १ सय ५२ रनको विजयी लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो ।

विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २/२ विकेट लिए ।