सांकेतिक तस्वीर ।

कपनको ढलमा खसेर बेपत्ता उज्ज्वलको शव ललितपुरमा भेटियो

By खबरहब

September 26, 2021

काठमाडौँ– काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती किनारामा भेटिएको छ । गत सोमबार कपनस्थित ढलमा खसेका उनको शव एक हप्तापछि आइतबार  फेला परेको हो ।

ललितपुर प्रहरी परिसरकी प्रमुख किरण ब्रजाचार्यले शवको पहिचान भएको जानकारी दिइन् । उनका अनुसार आतइबार बिहान शव फेला परेको थियो । शव फेला परेपछि प्रहरीले उज्ज्वलका परिवारलाई सम्पर्क गरेको थियो । परिवारबाट शवको सनाखत भएको ब्रजाचार्यले खबरहबलाई बताइन् ।

प्रहरीका अनुसार शवको पोस्टमार्टमका लागि पाटल अस्पताल लगिँदै छ।