राजनीति

एमाले बैठक : प्रतिवेदनमाथि उठेका प्रश्नको उत्तर दिँदै नेतृत्व

By खबरहब

September 26, 2021

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानको भवनमा जारी छ । बैठकको तेस्रो दिन आइतबार बैठकमा प्रस्तुत गरिएका तीनवटा प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ नेतृत्वले दिइरहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । ती प्रतिवेदनहरुमाथि शनिबार १० वटा समूहमा छलफल भएको थियो । सबै समूहले आफ्नो निष्कर्ष शनिबारै प्रस्तुत गर्दै तीन वटै प्रतिवेदनमा व्यापक परिवर्तनको सुझाव दिएका थिए ।

अहिले उपमहासचिब पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नवको जवाफ दिएका छन् । त्यसपछि महासचिब पोखरेलले र अन्तिममा अध्यक्ष ओलीले जवाफ दिनेछन् । दुई दिन चल्ने भनिएको बैठक आइतबार तेस्रो दिनसम्म लम्बिएको छ । आइतबारै बैठक सकिने जनाइएको छ ।