सांकेतिक तस्बिर

समाचार

४८८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

September 26, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३६८ कोरोना संक्रमितको आईसीयूमा र १२० को भेन्टिलेटरमा गरी कुल ४८८ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ८१ जना आईसीयूमा र ४१ भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ३ जना आइसीयूमा र बागमती प्रदेशमा १८५ जना आईसीयूमा र ६४ जना भेन्टिलेटरमा उपचारत छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ४५ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै कर्णालीमा ५ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।