समाचार

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

By खबरहब

September 26, 2021

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला डा. खड्काले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच भएको भेटको तस्वीर भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।उनले आफूहरुबीच दुईपक्षीय हितका विषयमा छलफल भएको बताएका छन् ।