क्रिकेट

टी-ट्वान्टी विश्वकपमा अफगानिस्तानको शानदार शुरूवात

By खबरहब

October 26, 2021

काठमाडौँ- अफगानिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा शानदार शुरूवात गरेको छ ।

सारजाहमा सोमबार भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराउँदै अफगानिस्तानले सुखद शुरूवात गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो ।

स्कटल्याण्डका जर्ज मुन्सेले २५ रन जोड्दा क्रिस ग्रेभिसले १२ रन बनाए । यस्तै कप्तान केली कोट्जरले १० रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ५ विकेट लिए । राशिद खानले ४ तथा नभिन उल हकले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए ।

जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ ।