बैंक/वित्त

मुक्तिनाथ बैंकको दुर्घटना बीमासहितको बचत खाता

By खबरहब

October 26, 2021

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवासमेत प्रदान गर्नेछ ।