देश/प्रदेश

नयाँ बानेश्वरको बीच सडकमा गहिरो खाल्डो

By खबरहब

October 26, 2021

काठमाडौँ– नयाँबानेश्वर-तीनकुने सडक अन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको छ ।

झण्डै १५ फिटजतिको गहिरो खाल्डो परेपछि त्यस सडकमा सवारी आवागमनमा समस्या भएको छ ।

प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार सडकको मर्मत गर्न खाल्डो भएका क्षेत्रलाई घेरेर सवारी सञ्चालन गरिएको छ । ट्राफिक कोम, बेरिकेड्स राखेर सवारीसाधन डाइभर्ट गरिएको उनले बताए । खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको छ ।

सडकको मुनि रहेको मंगलका कारण सडक भासिएको बताउँदै देवकोटाले त्यसलाई व्यवस्थापन गर्ने काम भएको बताए । मंगाल ढल सफा गर्न र एकातिरबाट आएको ढलको पाइपलाई मुख्य ढलतर्फ पठाउन राखिने गरिन्छ।

प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप भएको ठाउँमा सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको उनले बताए ।

पछिल्लो पटक अत्यधिक पानी परेका बेला मंगाल भत्किएको हुनसक्ने अनुमान गरिएको छ ।