समाचार

प्रधानन्यायाधीशसँग सर्वोच्चका न्यायाधीशको ‘वारपार’ बैठक

By खबरहब

October 26, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक बस्दै छ ।

एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १५ न्यायाधीशले  प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् ।

प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय गर्ने न्यायाधीशहरूको तयारी छ ।

न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने बताउँदै आएका न्यायाधीशहरु यतिवेला एकाएक राणाले मार्गप्रसस्त गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानन्यायधाीशसँग सामुहिक भेट भनिएपनि असन्तुष्ट न्यायायधीशका तर्फवाट एकजनाले मात्र धारणा राख्ने बताइएको छ ।