फाइल फोटो

अन्तर्राष्ट्रिय

चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश

By खबरहब

October 26, 2021

एजेन्सी- कोरोनाभाईरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ ।

४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबार लकडाउन घोषणा गरिएको हो ।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रण लागि सरकारले फेरि लकडाउन घोषणा गरिएको हो । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरुप डेल्टा भाईरस देखिएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ ।