सांकेतिक तस्बिर

समाचार

३३२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 26, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २५२ कोरोना संक्रमितको आईसीयूमा र ८० को भेन्टिलेटरमा गरी कुल ३३२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४३ जना आईसीयूमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १४१ जना आईसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र २ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।