समाचार

छिटो समस्याको निकास खोज्न न्यायाधीश समाजको अपील

By खबरहब

October 26, 2021

काठमाडौँ– विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म उनले तोकेका पेशी अस्वीकार गर्ने सर्वोच्च अदालतका अन्य न्यायाधीशरुको अडानपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएन भने प्रधानन्यायाधीश राणामाथि राजीनामाका लागि दबाब बढेको छ ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको छवि विगारेको तथा मन्त्रिपरिषदमा भाग मागेको चर्चा भएसँगै सर्वोच्चकै अन्य न्यायाधीशहरुबाट उनको राजीनामा मागिएपछि न्यायाधीश समाजले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

समाजले न्यायपालिका नेतृत्वमाथि उठेका प्रश्नहरुको छिटो समाधान हुनुपर्ने अन्यथा यसले थप क्षति गर्ने जनाएको छ । समाजले सबैले आ आफ्नो क्षेत्रबाट कानूनी, पदीय र व्यवसायिक कर्तव्य र दायित्व पूरा गर्नुपर्ने जनाएको छ ।

न्यायालयको आन्तरिक शुद्धीकरणमा कानूनी रुपमा गरिने सबै कार्यको समाजले स्वागत गरिने बताएको छ ।