फाइल फोटो

राजनीति

न्यायालयको विषयमा चिन्ता छ : नेता पौडेल (भिडियो)

By खबरहब

October 26, 2021

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले न्यायालयमा देखिएको विषयमा चिन्ता लागेको बताएका छन् ।

मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले न्यायालयका विषयमा कांग्रेसलाई चिन्ता रहेको बताए ।

तर न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नहुने उनले बताए । उनले कांग्रेसले न्यायलयमा हस्तक्षेप नगर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भाग मागेको विषय सार्वजनिक भएसँगै उनी विवादमा तानिएका छन् ।

सर्वोच्च अदालतका अन्य सबै न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने अडान लिएका छन् । न्यायसँग सम्बन्धित अन्य संघ, संस्था तथा महत्वपूर्ण व्यक्तिहरुले राणाले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।