sf7df8f}F, ( sflQs . o'lglkmn ld;gdf t}gfy ab{axfb'/ u0f -zf;]_ ^@cf}+ 8ˆkmfn] cfˆgf] lhDd]jf/L If]qdf &^cf}+ ;+o'Qm /fi6« ;+3 lbj; o'Pg 8] dgfpFb} ld;gdf ;lDdlnt d]l8sn 6f]nLn] :yfgLo xpnf / dfHbn l:nd gu/kflnsfdf /x]sf ;/sf/L ljBfnox?df cWoog/t s/La b'O{ ;o hgf ljBfyL{x?nfO{ g]kfnL zflGt ;}lgs o'lg6sf]tkm{af6 :6]zg/L ;fdfgx? / 8]06n xfO{lhg ls6;d]t ljt/0f ub}{ . t:jL/ M ;f}hGo M ;}lgs hg;Dks{ tyf ;"rgf lgb]{zgfno, /f;;

सुरक्षा

लेवनानमा नेपाली शान्ति सेनाको सामाजिक सेवा

By खबरहब

October 26, 2021

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घ ७६औँ स्थापना दिवसका अवसरमा लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकले विभिन्न जनहित कार्य गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानमा तैनाथ बर्दबहादुर गण शान्ति सेना ६२औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुर्‍याएको हो ।

नेपाली सैनिकको चिकित्सक टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकास्थित सरकारी विद्यालयमा दाँत र मुखको हेरचाहसम्बन्धी सचेतना कक्षा सञ्चालनका साथै झण्डै २०० विद्यार्थीलाई शैक्षिक सामग्री र डेण्टल हाइजिन कीट प्रदान गरेको छ ।

‘हरियाली लेवनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा तथा साक्रा र माज्दल स्लिम नगरपालिकामा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर सडकमा रङरोगनसहितको करिडोर निर्माण गरेको सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो कार्य जिम्मेवारीको अतिरिक्त नागरिकलाई पुर्‍याएको मानवीय सहयोगले समुदाय र शान्ति सैनिकबीच विश्वास एवं सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुगेको बताइएको छ ।