फाइल तस्बिर

समाचार

राणालाई राजीनामा दिन बारको आह्वान, राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी

By खबरहब

October 26, 2021

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिएर न्यायालयको गतिरोध अन्त्य गर्नुपर्ने बताएको छ । एसोसिएसनको बैठकपछि मंगलबार बारले विज्ञप्ति जारी गर्दै अहिले न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि राजीनामा दिन प्रधानन्यायाधीश राणालाई आह्वान गरिएको छ ।

बारले प्रधानन्यायाधीश राणाबाट अब न्यायापालिकाको स्वतन्त्रता र विश्वनियता कायम हुन नसक्नेसमेत निष्कर्ष निकालेको छ । बारले राजीनामा नआएर देश व्यापी आन्दोलन गर्नेसमेत बताएको छ । देशभर रहेका बार शाखाबाट आन्दोलन गरिने उसले जनाएको छ ।

न्यायालय भित्रको अनियमतिता सुधारका लागि बारले पटक पटक सुझाव दिएको तर प्रधानन्यायाधीश राणाबाट लागू नभएको बारले जनाएको छ ।