जोक्स

चुट्किला : प्रेमी–प्रेमिका र बस स्टेसन

By खबरहब

November 26, 2021

एक प्रेमी र प्रेमिका बस स्टेसनमा उभिएर आ–आफ्नो बसको प्रतीक्षा गरिरहेका थिए ।

प्रेमी : तिमी कुन नम्बरको बसमा जान्छ्यौ ?

प्रेमिका : दुई नम्बरको बसमा, अनि तपाईँ नि ?

प्रेमी : पाँच नम्बरको बसमा ।

निकैबेरको प्रतीक्षापछि त्यहाँ एउटा बस आयो, जसको नम्बर २५ थियो । राहतको श्वास लिँदै प्रेमीले भन्यो : भगवान् धन्यवाद छ, अब कसैले पनि बसको प्रतीक्षा गर्नुपर्ने छैन । हामी एउटै बसबाट आ–आफ्नो गन्तव्यमा पुग्ने छौँ ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट