साउथ इन्डियन भेजिटेबल स्टक पकाउने तरिका 

By खबरहब

November 26, 2021

आवश्यक सामग्री : २०० ग्राम मटरकोसा, २०० ग्राम आलु, २०० ग्राम काउली, २०० ग्राम घिउ सिमी कोसा, २०० ग्राम प्याज, मरीचको गेडा ५ ग्राम, दालचिनी एक इन्चको टुक्रा-१, भेडे खुर्सानी २०० ग्राम, २५ ग्राम कर्नफ्लोर, २५ ग्राम चिज, २५ ग्राम क्रिम, २५ ग्राम पिनटको पेस्ट, गाँजर २ वटा, नुन इच्छानुसार, जिराको धुलो, बेसारको धुलो, धनियाँको धुलो १०-१० ग्राम, २०० ग्राम पनिर, तेल घिउ आवश्यक ।

बनाउने तरिका : पहिले नै तरकारी ठुलो पिसमा काटेर उमालेको पानीमा नुन राखी राख्नु । आधा घण्टा डुबाई पानी निचोरी तयार पार्नु । त्यसपछि प्याजलाई पातलो पिसमा काटी रातो हुने गरी फ्राई गरेर आलु, पनिरलाई पनि रातो हुने गरी फ्राई गर्नु । त्यसपछि बाँकी सबै तरकारी राखी फ्राई गर्नु, अनि धनियाँ, चिज, क्रिम, पिनटको पेस्ट राख्नु । अब परिकार तयार भयो ।

साभार :‘सजिलो कुकिङ’ पुस्तकबाट