राजनीति

कांग्रेस अधिवेशन : उदयपुर क्षेत्र नं १ र २ मा नेतृत्व चयन

By खबरहब

November 26, 2021

उदयपुर – नेपाली कांग्रेस उदयपुरमा सम्पन्न भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा जिल्लाको क्षेत्र नं १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी भएका छन्।

क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका प्रमुखसमेत रहनुभएका खगेन्द्र आफ्ना प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३४४ मतसहित क्षेत्रीय सभातिमा विजयी भए । यस्तै सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी भएका कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ मा क्षेत्रीय अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गर्दै ३१९ मत प्राप्त गरेको कांग्रेसले बताएको छ । सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी भए भने सहसचिवमा कदमबहादुर कटवाल विजय भएका कांग्रेसका प्रवक्त मदनराज कटुवालले बताए ।

महाधिवेशनका लागि ५० केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस उदयपुरका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट २५ र क्षेत्र नं २ बाट २५ सहित कूल ५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएको जिल्ला पार्टी प्रवक्ता कटुवालले बताए ।