साहित्य

सरलाको ‘पिँजडाको मान्छे’ सार्वजनिक

By खबरहब

November 26, 2021

काठमाडौं–पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संग्रह ‘पिँजडाको मान्छे’ सार्वजनिक गरेको छ । यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई–बुक हो । नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ लाई प्राइमरी ई–बुकको रुपमा प्रकाशित गरेको थियो ।

संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्धाहरूमा गहन दृष्टि राखेका छन् ।

संकलित निबन्धहरूमा सुपरिचित गद्य–शैली झल्किएको छ, जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रुपमा स्थापित गराउन मद्दत गरेको छ । समाचारपत्रमा पूर्व–प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।