फाइल तस्बिर

राजनीति

एमाले महाधिवेशनमा गएनन् प्रचण्ड, लीलामणि पोखरेल प्रतिनिधि

By खबरहब

November 26, 2021

चितवन- एमालेको १०औँ महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।

प्रचण्ड भने काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका छन् । आफु नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन आइसकेका छन् ।