फाइल फोटो

राजनीति

कांग्रेस महाधिवेशनमा प्रहरी हस्तक्षेप निन्दनीय : कोइराला

By खबरहब

November 26, 2021

काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले पार्टीको जारी महाधिवेशनका क्रममा विभिन्न जिल्लामा भएको प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत डा.कोइरालाले रोल्पा, खोटाङ, रसुवा र रुपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप भएको भन्दै आपत्ती जनाएका छन् ।

कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै भएको उनले बताएका छन् ।

‘वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बिच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु,’ कोइरालाले भनेका छन्, ‘पार्टीको आन्तरिक र सांगठनिक क्रियाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउँन चाहन्छु।’