मनोरञ्जन

मंसिर १४ मा विवाह गर्दै रेश्मा

By खबरहब

November 26, 2021

काठमाडौं– टिकटकबाट दर्शकमाझ चिनिएकी अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले आगामी मंसिर १४ गते विवाह गर्ने भएकी छन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग गत वर्षको मंसिर १८ गते इन्गेजेमन्ट गरेकी उनले आगामी साता विवाह गर्न लागेकी हुन् ।

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातको तीन वर्षअघि चिनजान भएको थियो । यो जोडीले परिवारको सल्लाहमा नै विवाह गर्न लागेका हुन् ।

विराटनगरमा हुने उनीहरुको विवाहमा परिवारका सदस्य तथा आफन्तको मात्र उपस्थिति हुनेछ । रेश्माले साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि काठमाडौंमा पार्टी गर्दैछिन् ।