गसिप

प्रेमिकालाई नछुँदा अक्षयको ब्रेकअप !

By खबरहब

November 26, 2021

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘खेलाडी’का रुपमा चिनिएका अभिनेता अक्षय कुमार हालका दिनमा फिल्म ‘सूर्यवंशी’लाई लिएर चर्चामा छन् । अक्षय फिल्मका अलावा आफ्नो जीवनका कारण पनि चर्चामा आइरहन्छन् । विवाह अघि अक्षयको अफेयरको खबरले कुनै समय बलिउड तातेको थियो । जसकारण उनलाई ‘बलिउडको प्लेब्वाइ’ भनिने गरिन्थ्यो ।

तर तपाईंलाई अक्षयको एउटा गोप्य कुरा थाहा छैन होला । त्यो के हो भने उनले आफ्नो प्रेमिकालाई छुन नसक्दा उनको प्रेमजीवन असफल भएको थियो । अर्थात् प्रेमिकासँग उनको ब्रेकअप भएको थियो ।

अक्षयले यो कुराको खुलासा कमेडियन कपिल शर्माको शोमा गरेका हुन् । भिडियोमा कपिल शर्मा, अक्षय कुमार, रितेश देशमुख नेखिएका छन् । अक्षयका अनुसार स्कुल जीवनमा उनको एक प्रेमिका थिइन् । जोसँग उनको ब्रेकअप गएको थियो । ‘किनकी मलाई त्यो समयमा युवतीसँग कुराकानी गर्न या उसलाई छुनसम्म डर लाग्थ्यो’, अक्षयले भनेका छन् ।

अक्षयको यो भिडियो फ्यानले निकै मनपराएका छन् । कामको कुरा गर्दा अक्षय पछिल्लो समयमा एकपछि अर्को फिल्मको सुटिङमा व्यस्त छन् । उनले आगामी फिल्म ‘अन्तरंगी रे’ को सुटिङ पुरा गरिसकेका छन् । यो फिल्ममा अक्षयसँगै सारा अली खान र साउथ स्टार धनुषको पनि अभिनय छ । फिल्मका निर्देशक आनन्द एल राय हुन् ।