खेलकुद

ए डिभिजन लिग : थ्रीस्टारको पहिलो हार

By खबरहब

November 26, 2021

काठमाडौँ- शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्रीस्टारले पहिलो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशमालामा शुक्रबार भएको खेलमा थ्रीस्टार अर्को ललितपुरे क्लब सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको हो ।

लिगको पहिलो खेलमा फ्रेण्डस् क्लबसँग अंक बाढेको सातदोबाटोको यो पहिलो जित हो । शुक्रबारको खेलपछि सातदोबाटो ४ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोको जितमा सुदीप गुरुङले २९औँ मिनेटमा निर्णायक गोल गरेका थिए । मार्टिन्स अजयीको पासमा सुदीपले डिबक्स नजिकबाट बललाई पोष्टको दिशा दिएका हुन् ।

दोस्रो हाफमा केही आक्रामक बनेको थ्रीस्टारले अवसर बुनेपनि गोलमा परिणत गर्न नसक्दा हार भोग्न बाध्य भयो । सातदोबाटोले पनि केही अवसर खेर फालेको थियो ।