राजनीति

ओलीले देउवालाई भने- प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन्

By खबरहब

November 26, 2021

चितवन-  एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।

१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे ।

उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए ।