काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –६ ११–२० वर्ष –२४ २१–३० वर्ष –५१ ३१–४० वर्ष – ५८ ४१–५० वर्ष – ३३ ५१–६० वर्ष – ३१ ६१–७० वर्ष –२२ ७१–८० वर्ष – १० ८० वर्षभन्दा माथि –२ अज्ञात– ५