फाइल फोटो

राजनीति

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

By खबरहब

November 26, 2021

चितवन– एमालेको जारी महाधिवेशनमा उपमहासचिब घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार चितवनको नारायणी किनारामा महाधिवेशन उद्घाटन भएपछि भुसालले उम्मेदवारी घोषणा गरेका हुन् ।

भुसाल १० बुँदे सहमतिपछि पार्टी विभाजनमा नलागेर एमालेमै बसेका १० मध्ये एक नेता हुन् । भुसालभन्दा पहिला उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

एमालेमै बसे पनि रावल र भुसाल अध्यक्ष केपी शर्मा ओलीको उपेक्षामा पर्दै आएका छन् । अध्यक्षमा ओली फेरि दोहोरिने तयारीमा छन् । उनलाई रावलले चुनौती दिँदैछन् । अन्य १४ जना पदाधिकारी सहमतिबाट चयन गर्ने चर्चा चलिरहेका बेला भुसाललले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।